सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एनिश एन्जल राईको “शिर फुल”बजारमा

आजकाल गीत संगीतको बजारमा दैनिक दर्जनौं नयाँ नयाँ प्रतिभाहरुको पस्तुति आईरहेको देख्न सकिन्छ । यसै शिलसिलामा उदयीमान गायक एनिश एन्जल राईले “शिर फुल” नामक सांगीतिक कोशेली बजारमा ल्याएका छन् ।
एनिश एन्जल राईको शब्द तथा स्वर रहेको यस गीतमा युवा राईको संगीत ,रोबर्ट लिम्बु सुब्बा को एरेन्ज , मिक्सिङ बुद्ध स्याङ्बा ,गितार अनुप दास, सारंगी धर्म गन्धर्व , मादल भरत बुढाथोकी र सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ ।
बजारमा आएका अन्य सांगीतिक कोशेलीहरु भन्दा यो गीत छोटो र मिठो भएको दर्शकहरुको प्रतिकृया आईरहेको गायक एनिश एन्जल राईले बताए ।यो गीत बाट आफ्नो सांगीतिक करियरमा केहि नयाँपन आउनेमा गायक राई आशावान रहेका छन् ।
ई आर आर अफिसियल युट्युब मार्फत बजारमा ल्याईएको यो गीतलाई माया गरिदिन आम दर्शक श्रोतालाई गायक राईले अनुरोध समेत गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »