सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साता भित्र सार्वजनिक गर्ने गरी तयारी भएको छ ।

देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेकोले यसै साता नतिजा प्रकाशनको तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार २५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको छ। यसै साता नतिजा प्रकाशनको तयारी छ ।

यस वर्षको एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी तयारीमा थिए। कोभिड १९ को महामारीका कारण परीक्षा स्थगित गरिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »