सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एसियाकै पहिलो स्थानमा परेको भारतमा ५ हजारबढीकाे मृत्यु ,१ लाख ८१ हजार संक्रमित

काठमाडाैँ । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ । त्यहाँ हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने चिन्ता थपिएकाे छ । यससँगै भारत सरकारले संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विगत ३ महिनादेखि जारी लकडाउन बढाएर थप १ महिना लम्ब्याएकाे छ ।

अहिलेसम्म भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ५ हजार १८५ पुगेकाे छ भने कुल संक्रमित संख्या १ लाख ८१ हजार ८८७ पुगेकाे छ । संक्रमितमध्ये हाल ८६ हजार ९३६ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८९ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।

भारतमा शनिरबार एकैदिन हालसम्मकै सर्वाधिक संख्यामा काेराेना संक्रमित पुष्टि भएका छन् । शुक्रबार त्यहाँ ८ हजार १०५ नयाँ संक्रमित फेला परेकाेमा शनिबार ८ हजार ३३६ जनामा संक्रमण पुष्टि भएकाे छ । त्यहाँ शुक्रबार काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि हालसम्मकै अधिक रहेकाे थियाे । शुक्रबार मात्र भारतमा काेराेनाबाट २६९ जनाकाे ज्यान गएकाेमा शनिबार भने २०५ जनाकाे ज्यान गएकाे छ ।

काेराेना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेकाे छ भने विश्वकै नवाैँ नम्बरमा छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । यद्यपि अाजबाटै उसले जर्मनीलाइ उछिनेर काेराेना संक्रमित देशकाे लहरमा अाठाैँ स्थानमा उक्लिने देखिन्छ ।

हेर्नुस् सबैभन्दा बढी प्रभावित एसियाली १२ देशकाे ताजा अवस्था 

भर्खरै

सम्बन्धित खबर

Language »