सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओपेनियन पोलको नतिजा– उद्योग बाणिज्य संघका ६० प्रतिशत मतदाता अब्दुल वाहीद मन्सुरी चुन्नालाई जिताउने पक्षमा


सिराज खान
नेपालगन्ज
,यही माघ ११ गते हुन गैरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको प्रचार प्रसार अहिले तिव्र रुपमा अगाडी बढेको छ ।


हरेक उम्मेदवारले निर्वाचनमा आफु विजयी हुने दावी गर्दै त्यसका विभिन्न आधारहरु समेत प्रस्तुत गरिरहेका छन् ।


निर्वाचनको मिति नजिकिंदै गर्दा विभिन्न तह र तप्काका मतदाता तथा समर्थकहरुले पनि आफुले रोजेको उम्मेदवारले जित्ने बताईरहेका छन् ।


उम्मेदवार र मतदाता तथा समर्थकहरुले आ आफ्नो दावी गरिरहेकै बेला हामीले पहिलो पटक सो निर्वाचनको ओपेनियन पोल गर्ने जमर्को गरेका छौं ।


सो क्रममा हामीले संघका ३ हजार बढी मतदाता मध्ये सैम्पलिंगको आधारमा करिब ५ सय मतदातालाई विभिन्न प्रश्न सोधेका थियौं ।


हामीले नगरका विभिन्न पकेट क्षेत्र र चोक चोकका मतदातासंग छुट्टा छुट्टै कुरा गरेका थियौं ।
संघको अध्यक्षमा कसलाई जिताउनु हुन्छ भनि सोधिएको मूल प्रश्नमा करिब ६० प्रतिशतले अब्दुल वाहीद मन्सुरी चुन्नालाई जिताउने बताएका थिए भने ३५ प्रतिशतले ललित रौनियारलाई जिताउने बताएका थिए ।


५ प्रतिशतले दुबै ठीक छैनन् भनेका थिए । ती मध्येका ३० प्रतिशत जतिले मात्रै प्यानलमा मतदान गर्ने जनाएका थिए ।


७० प्रतिशतले उम्मेदवार हेरेर मन परेकोलाई मतदान गर्ने बताएका थिए ।
दुबै उम्मेदवार ठीक छैनन् भन्नेहरुले यी दुबै मध्ये जसले जिते पनि संघको गरिमा कायम राख्न सक्नेमा शंका व्यक्त गरेका थिए ।


उनिहरुले अझ सक्षम र जुझारु नेतृत्वको आवश्यकता समेत औंल्याएका थिए । संघको निवर्तमान नेतृत्वको काम बारे सोधिएको प्रश्नमा ५० प्रतिशतले राम्रो भनेका थिए भने ४० प्रतिशतले कुनै ठोस काम गर्न नसकेको र १० प्रतिशतले यस बारेमा कुनै टिप्पणी नगर्ने धारणा राखेका थिए ।

( नोट– यो ओपेनियन पोल कसैलाई जिताउन र कसैलाई हराउन गरिएको होइन ।
मात्र मतदाताको रुझान थाहा पाउन र मनसाय बुझ्न गरिएको हो ।


तीन हजार मतदाता मध्ये ५ सय जनाले दिएको विचार निर्वाचनको शतप्रतिशत परिणाम भने होइन ।


तर, विभिन्न स्थानमा गरिएको सैम्पलिंगबाट समग्रमा देखिएको रुझानबाट देखिएको नितिजा भने सार्वजनिक गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »