सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओली सरकारलाई सहयोग नगर्न बिपक्षी दलहरु द्वारा उर्दि जारी

काठमाडौं। विपक्षी गठबन्धनको बैठकले सरकार संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेका छ ।

आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।

विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिएको छ । संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा गठबन्धनले विश्वस्त  व्यक्त गरेको छ ।

संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा विपक्षी गठबन्धनको आह्वान  छ ।

भर्खरै

सम्बन्धित खबर

Language »