सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कंचनपुरकोे दक्षिणी क्षेत्रबाट सशस्त्र प्रहरीद्वारा लाखौँको अवैध सामान बरामद

केशब भट्ट
कंचनपुर, भारतसंग सिमा जोडिएको कंचनपुरको दक्षिणी क्षेत्रबाट सशस्त्र प्रहरी बलले लाखौँको चोरीपैठारी तथा चोरीनिकासीको सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरीले लकडाउनको अवधिमा विभिन्न स्थानबाट छाता, सुर्तीजन्य पदार्थ लगायतका लाखौँको अवैध सामग्री बरामद गरेको हो ।

लकडाउनको अवधिमा कंचनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी देखि डोकेबजारसम्म सशस्त्र प्रहरीको कमाण्ड पाउनुभएका सशस्त्र प्रहरी नायब उपरीक्षक गंगादत्त पन्तले सिमा शिल गरिएको अवस्थामा समेत चोरीनिकासी नरोकिएको भन्ने सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारी अवैध सामान बरामद गरिएको बताउनुभयो ।

नेपाल लगायत विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएका बेला कंचनपुर जिल्लामा अति उच्च जोखिम रहेकाले सिमाबाट कुनै किसिमको पनि सामग्री आयात तथा निर्यात हुन नदिने बताउदै डिएसपी पन्तले यदि कसैले ल्याउने कोसीस गरेमा पनि सामग्री बरामद गरि कानुन अनुसार कारवाहि गरिने बताउनुभयो ।

साथै चोरी तस्करी नियन्त्रणका लागि भारतिय सिमा सुरक्षा बल एसएसबी संग समन्वय भएको उहाँले बताउनुभयो । बरामद गरिएका अवैध सामग्री कैलालीको त्रिनगर भन्सार चलान गरिएको डिएसपी पन्तले बताउनुभयो ।

कंचनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा पनि कोरोना भाइरस संक्रमित भेटिएकाले अहिलेको अवस्थामा अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन डिएसपी पन्तले सबैमा आग्रह गर्नुभयो । कोरोना भाइरस संक्रमण तिव्र रुपमा भित्रिरहेको अवस्थामा नागरिक आफै सचेत हुनुपर्नेमा उहाँको जोड रहेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक पन्त दक्षिणी क्षेत्रमा कमाण्डरको रुपमा पहिलो पटक आउनुभएको हो । उहाँको कमाण्डमा अहिले कंचनपुरको दक्षिणी क्षेत्रमा तिन सय भन्दा बढि सुरक्षाकर्मी सिमामा परिचालन गरिएका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »