सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि गर्ने भएको छ ।

सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो ।

बोर्डले जनाए अनुसार परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका प्रकाशन गरिने छ ।

परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु हाल क्वारेन्टाइन बनाइएका छन् । अब ती केन्द्रहरु निर्मलीकरण गरी केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

परीक्षा सकिएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने पनि बोर्डले जनाएको छ । बोर्डले कक्षा ११ को परीक्षा भने सम्बन्धित विद्यालयहरुले नै लिने गरी कार्यविधि सार्वजनिक गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »