सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कक्षा ८ काे परिक्षामा ठुलाे पर्सेलकाे नयाँ विधि प्रयाेग

काठमाडाैँ । काभ्रेकाे तिमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेलमा रहेकाे पन्च कन्या मा. वि. र महाकाल आ. वि.को कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूकाे परिक्षा सेन्टर निर्मला आ. वि. मा भैरहेकाे वडा अध्यक्ष विकुलाल तामाङ माेक्तानले सारा खबरलाई जानकारी दिनुभएकाे छ । याे भन्दा अघिल्लाे वर्षहरूमा साेहि विद्यालमा नै परिक्षा हुने गर्दथ्याे तर अहिले दुई विद्यालयकाे परिक्षा केन्द्र निर्माला आ. वि.मा ताेकेकाे हाे ।

सरकारी विद्यालयकाे पढाइमा सुधार हुन सकेन भनि चाैतर्फी आलाेचना भैरहकाे अवस्थामा ठुलाे पर्सेल वडाले शिक्षाकाे गुणस्तरमा वृद्दि गर्नका लागि याे नयाँ विधि अप्नाएकाे वडा अध्यक्ष तामाङकाे दाबी रहेकाे छ ।

पन्च कन्या मा वि काे ३९ र महाकाल आ. वि.काे १२ जना गरी ५१ जना विद्यार्थीकाे परिक्षा सेन्टर निर्माला आ.वि.मा ताेकेको हाे । जस्मा परिक्षार्थीकाे कपिमा विद्यार्थीकाे नाम उल्लेखीत गरेकाे हुँदैन । अहिलेकाे ग्रेडीङ पद्दतीमा विद्यार्थीले राम्राे नतिजा ल्याउनका लागि र विद्यार्थीकाे गुणस्तरकाे अभिवृद्दि गराउनका लागि वडा ले याे खालकाे विधि अप्नाएकाे सारा खबरलाई उहाँले बताउनुभयाे ।

उहाँ भन्नु हुन्छ ”शिक्षकले परिक्षार्थीकाे कपि घरमा लगेर जाँच्न पाउने छैन । समुहमा बसेर नै कपि जाँच्न पर्ने हुन्छ । यसबाट कुनै पनि विद्यार्थीकाे वास्तविक क्षमताकाे पहिचान हुने छन् ।”

यस प्रकारकाे विधि तेमाल गाउँपालिकामा नै पहिलाे हाे । स्मरण रहाेस वडा अध्यक्ष विकुलाल तामाङ माेक्तान निर्वाचित हुनु भन्दा पहिला कुनै एक विद्यालयका प्र. अ.का रूपमा कार्यरत शिक्षक थियाे । काेराेना भाइरसकाे त्रास फैलिरहेता पनि वडाले त्रासलाई मुक्त गराउनका लागि र भ्रामक हल्लालाई चिर्नलाई पनि विशेष सावधान अप्नाएर परिक्षा दुई विद्यालयकाे विद्यार्थीलाई निर्मला आ. वि.मा ल्याएर गरेकाे हाे ।

वडाले कक्षा ८ काे परिक्षामा उत्कृष्ट हुने विद्यार्थी र शिक्षकलाई पनि सम्मान गर्ने घाेषणा गरेकाे छ। समग्रमा विद्यार्थीले प्राप्त भएकाे विषयगत नतिजाकाे आधारमा शिक्षकलाई उत्कृष्ट पुरूस्कारकाे व्यवस्था गरेकाे हाे ।

ठुलाे पर्सेल वडाकाे याे पहिलाे प्रयास हाे । याे विधि सफल भएमा वाेर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीकाे भन्दा नतिजा राम्राे हुने उहाँले दाबी गर्नु भयाे ।

भर्खरै

सम्बन्धित खबर

Language »