सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कछुवाको गतिमा तेमाल गाउँ सरकार, खरायोको गतिमा संघर्ष समिति, अब के हाेला ?

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को हिउँदै अधिवेशनबाट विनियोजित बजेटबाट “बोहोरे दोभान, च्युखाबेशी, पच्चवरघाट, ठुलो पर्सेल, तित्तेरटार” सम्मको सडक खण्डलाई स्तर उन्नतिको लागि गठित उपभोक्ता समितिको विषयलाई लिएर केही असन्तुष्ट पक्षले संघर्ष समिति गठन गरी विरोध जनाएको छ ।

यो सडकको स्तर उन्नतीका लागि तेमाल गाउँपालिकाले १ करोड बजेट छुट्टाएको थियो तर २० लाख अन्य स्थानमा खर्च गर्नेगरी ८० लाख आँठौ गाउँ अधिवेशनबाट बजेट विनियोजन गरेको हो । उक्त बजेटलाई कार्यन्वयन गर्नका लागि तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङले टेन्डर आहवान नगरी उपभोक्त समितिलाई जिम्मा दिएको थियो ।

तेमाल गाउँपालिकाले उपभोक्त समिति गठन गर्दा सडक प्रभावित क्षेत्रका व्यक्तिहरुलाई उपभोक्त समितिमा समेट्न नसकेको भन्दै फागुन १७ गते आइतबार हरिशरण भण्डारी “अभियान”को संयोजकत्वमा पत्रकार सम्मेलन गरी संघर्ष समिति घोषणा गरेको छ ।

संघर्ष समिति घोषणा भएको समाचार बाहिरीएपछि सारा खबरको प्रतिनिधिले तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङसँग सम्पर्क गर्दा उहाँ यसो भन्नु हुन्छ । “हामीले स्थानीय सरकारको ऐन, कानुन अनुसार नै उपभोक्त समितिलाई काम गर्न दिएका हौ । हामीले प्रक्रिया पूरा गरेर उपभोक्त समिति गठन गरेको छ । कुनै पनि योजनामा सामान्यतय विरोध आउनु नौलो कुरा होइन तर हामीले जिम्मेवारी दिएको उपभोक्त समिति त्यो काम गर्न सक्षम छ कि छैन भन्ने हेर्ने हो । त्यसकारणले यो उपभोक्त समितिले काम गर्न सक्ने देखेर नै दिएको हो । विरोध गर्नुको कुनै अर्थ छैन ।”

यही विषयमा प्रशासकीय अधिकृत लक्ष्मण कुँईकेलसँग बुझ्दा उहाँको भनाइ यस्तो छ ।“तेमाल गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ को नियम अनुरुप नै उपभोक्ता समितिलाई काम गर्न दिने निर्णय भएको हो । हामीले कानुनी प्रकृया पुरा गरेको छ । विकास निर्माणको काममा केही अवरोध सृर्जना हुनु स्वभाविक नै हो तर काममा वाधा पु¥याउन मिल्दैन । ”

तर अध्यक्ष सलाम सिं तामाङले सडकबाट प्रभावित क्षेत्रका सम्बन्धीत वडाका स्थानियहरुलाई जानकारी नगराई गाउँपालिका अध्यक्षले आफ्नो आफान्तहरुलाई मात्रै राखेर एकलौटी उपभोक्त समिति निर्माण गरेको भन्दै हरिशरण भन्डारीको संयोजकत्वमा प्रेस विज्ञप्ती निकालेर आरोप लगाएका छन् ।

कल्लेरीपाखा, खहरेघाट,चुखाबेशी,सरमथली सडक संघर्ष समितिका संयोजक हरिशरण भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । “हरेक विकास निर्माणमा सबै नागरिकको बराबरी जनसहभागीता, पारदर्शीता जवाफदेहीता हुनुपर्ने मान्यता विपरित गाउँपालिका अध्यक्षले स्थानीय सरकार संचालन कार्यवीधि २०७४ लाई समेत बेवास्त गरी जन चाहान विपरित कार्य गरेको कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँन चाहान्छ । यो विषमा उपभोक्ताहरु गाउँपालिकामा गएर अध्यक्षसंग छलफल गर्न खोज्दा गाउँपालिका कायकक्ष भित्र स्थानियलाई समेत अमानवीय व्यवहार देखाएको छ ।”

संघर्ष सममितिले गाउँपालिकाले आफुखशी निर्माण गरेको बोहोरे,दोभान,ठूलोपर्सेल,तित्रिटार सडक मर्मत सम्भार उपभोक्तासंग गाउँपालिकाले गरेको सम्झौता रोकी त्यस उपभोक्ता समिति विघठन गरी तेमाल गाउँपालिका वडा नं १,२,३,४,६,७,९ संयूक्त उपभोक्ताहरुलाई भेला गराई बोहोरे,दोभान,ठूलोपर्सेल,तित्रिटार सडक समिति गठन गर्नका लागि समितिले माग गरेका छन् ।

गाउँपालिकामा छलफल गर्न आएको स्थानीयसँग अमानवीय व्यवहार गरेको भन्ने प्रश्नमा तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङ यसो भन्नु हुन्छ । “अमानवीय व्यवहार गरेको भन्ने जुन आरोप छ त्यो उहाँहरुले खिचेको भिडियोमा नै प्रस्ट देखिन्छ । मैले पालिकामा आउने कुनै पनि व्यक्तिलाई अहिलेसम्म अमानवीय व्यवहार गरेको छैन । उल्टो म माथि जाइलाग्न खोजेका छन् । मैले त नियममा बसेर काम गर्ने हो । कसैलाई भेदभाव गर्ने छैन । अहिलेसम्म भेदभाव गरेको पनि छैन । त्यो दिन उहाँहरुले नै अपशब्द बोलेका छन् । म माथि अव्यद्र व्यवहार गरेको छ तर मैले सहेको छु । किन भने मेरो जनताले बोल्न पाउछन् भनेर सहेर बसेको हो । मैले उहाँहरु माथि अभद्र व्यवहार गरेको छैन ।”

यसरी दुई पक्षको कुरा बुझदा तेमाल गाउँपालिका र संघर्ष समिति घोषणा गर्ने समुह बीचमा जुङ्गाको लडाईं मात्र हो कि भन्ने प्रस्ट देखिन्छन् । हामीले वडा नं. दुईका केही स्थानीय अगुवाहरूसँग सोध्दा बिकास निर्माणको काममा जहाँ सुकैको व्यक्तिहरू आएर काम गरोस् सरोकार भएन तर काम राम्रो हुनु पर्यो । हाम्रो गाउँमा बिकास हुनु पर्यो भन्दै नाम नखुलाउने सर्तमा अहिलेको उपभोक्ता समितिलाई साथ रहेको बताउनु भयो ।

सामाजिक संजालमा विवाद भएपछि हामीले वडा नं. २ का धेरै स्थानीयहरूसँग बुझेका थियौ । उहाँहरूको भनाइ पनि उस्तै छन् । एक जना स्थानीय त यसो भन्छन् । “कमिशनको कुरा नमिल्दा यो बिबाद बाहिर आएको हो । हामीले यो उपभोक्ता समितिलाई कोहि कसैलाई पनि कमिसन नदिई काम गर्न दबाब दिएका छौ । यदि उहाँहरु पनि कमिसन दिएर काम गर्न खोजेमा हामी काम गर्न दिने छैनौ तर बिबाद जे जस्तो भएता पनि अहिलेको उपभोक्ता समितिका साथीहरुले यहाँ आएर ढुक्कसँग काम गर्दा हुन्छन् । हामी साथ दिने छौ ।” उहाँले आवश्यक परेमा मात्र नाम खुलाउने सर्तमा हामीसँग कुरा गरेका थिए ।

अन्तमाः तेमाल गाउँपालिकाको अध्यक्ष कछुवाको गतिमा काम गरिरहेका छन् भने अहिलेको संघर्ष समिति खरायोको गतिमा काम गर्न खोजेको देखिन्छन् । ०७७÷०७८ को पहिलो अधिवेशनमा नै यो सडक खण्ड स्तर उन्नतीका लागि बजेट बिनियोजन गरिसकेको थियो । अहिलेको उपभोक्ता समिति गठन प्रकृयालाई हेर्दा कोही कसैले उक्त कार्य गर्नका लागि मागदाबी गरेको देखिदैन । अध्यक्ष सलाम सिं तामाङले अन्तिम समयमा काम गर्नका लागि अहिलेको उपभोक्ता समिति गठन गरेर काम गर्न कार्य अध्यादेश दिएपछि संघर्ष समिति गठन गरेर बिरोध गर्न खोजिएको देखिन्छन् । अब जीत कस्को होला । त्यो समयले नै देखाउने छन् । जस्ले काम गरेता पनि कानुन भन्दा बाहिर बसेर काम नगरोस् । खबरदारी हाम्रो रहिरहनेछन् तर पार्टी स्वार्थ र व्यक्तिगत स्वार्थका लागि विकास कार्यमा कसैको अवरोध नहोस् ।

भर्खरै

सम्बन्धित खबर

Language »