सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा कोरोनाको र्‍यापिड टेस्ट सुरु


मोहन विष्ट
कञ्चनपुर
,भारतबाट फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले कञ्चनपुरमा र्‍यापिड टेस्ट सुरु गरेको छ ।

मंगलबार देखि भारतबाट नेपाल फर्किएका तथा विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिको र्‍यापिड टेस्ट गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले जानकारी दिए । उनका अनुसार पहिलो दिन ९५ जनाको नमुना संकलन गरिएको छ ।

काठमाडौंबाट आएको तालिमप्राप्त विशेषज्ञ चिकित्सकको टोलीले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारमा रहेको बैजनाथ माविको क्वारेन्टाइनमा बस्दै आएका ९५ जनाको नमुना संकलन गरेको हो । संकलन गरिएको नमुना काठमाडौंमा पठाएर र्‍यापिड डाइग्नोष्टिक टेस्ट किट र पिसिआर मेसिनबाट परीक्षण गरिने जनाइएको छ । संघीय सरकारले सुदूरपश्चिमका लागि खटाएको टोलीले कञ्चनपुर र कैलालीमा नमुना संकलनको काम थालेको छ ।

भारतबाट फर्किएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका सबैको र्‍यापिड टेस्ट गरिने छ । भीमदत्त नगरपालिका– ४ बैजनाथ क्वारेन्टाइनमा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई राखिएको छ । कञ्चनपुरका विभिन्न क्वारेन्टाइनमा दुई सय १० जना बस्दै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »