सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा क्वारेन्टिन निरीक्षण गर्न गएका वडाध्यक्षको क्वारेन्टिनमै मृत्यु,कोरोना परीक्षण गरिने

कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलका अनुसार गएराति करिब १२ बजे उनको ज्यान गएको थियो ।
उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहेकाले मृतकको कोरोना परीक्षण गर्न स्वाब झिकिएको अस्पतालले जनाएको छ। शवको पोष्टमार्टम भएपछी स्वाब संकलन गरिएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले जानकारी दिए। नतिजा आएपछि मात्र शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लाग्ने बताइएको छ ।

कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालका अनुसार मृतक वडाध्यक राति खाना खाएर नयाँ बनाइएको क्वारेन्टिन हेर्न निस्किएका थिए।क्वारेन्टिनमा पुगेर उनी कुर्सीमा मोबाइल चलाएर बसिरहेका बेला एक्कसी ढलेका थिए।

नगरपालिकाले कोरोना महामारी रोकथामका लागि खटिएका जनप्रतिनिधिको दु:खद रूपमा अप्रत्यासित निधन भएको जनाएको छ । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष रानाको मृत्युको खबरले उनकाे घर-परिवार, नगरपालिका एव काँग्रेस सहितका स्थानीय जनप्रतिनिधि स्तब्ध भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »