सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा लकडाउन प्रभावकारी बनाउन नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त गस्ती सुरु


मोहन विष्ट
कञ्चनपुर
,विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड– १९० संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारत लकडाउनमा छन् ।

फाईल फाेटाे

तर, लुकिछिपी सीमा पार गरेर आ–आफ्नो देश तथा गन्तव्यमा जाने क्रम नरोकिएको भन्दै नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त गस्ती सुरु गरेका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै देशले लकडाउनको नीति अख्तियार गरेका छन् । ११ चैतदेखि सुरु भएको लकडाउन नेपालले तेस्रोपटक थप गरेर १५ वैशाखसम्म पुऱ्याएको छ भने भारतमा पनि लकडाउन जारी छ ।

तर, अझै पनि लुकिछिपी सीमा पार गर्नेहरू रहेको पाइएपछि कोरोना जोखिम बढेको भन्दै पूर्वदेखि पश्चिमसम्मै सीमा क्षेत्रमा दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाएका हुन् ।

कञ्चनपुरको सीमा क्षेत्रमा नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरी तथा भारततर्फ सीमा सुरक्षा बल ९एसएसबी०, प्रहरीले संयुक्त गस्ती गरिरहेका छन् ।

दुवै देशका चारवटै सुरक्षा निकायले कञ्चनपुर–लखिमपुर खिरीको दशगजा क्षेत्रमा संयुक्त गस्ती गरिरहेका हुन् । संयुक्त गस्ती लकडाउन प्रभावकारी बनाउन तथा सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न प्रभावकारी देखिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहुले बताए ।

सीमा क्षेत्रमा एकल तथा संयुक्त गस्तीलाई निरन्तरता दिइने नेपालतर्फका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

कञ्चनपुरको सीमा सुरक्षा जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले लकडाउनसहित सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण तथा रोकथामका लागि एकल र संयुक्त गस्ती नियमित रूपमा गरिँदै आएको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »