सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा शसस्त्र प्रहरीले निगरानी बढायो, लकडाउन कडाई गर्न मोटरसाईकलमा गस्ती शुरु

विकास सिह महता
कञ्चनपुर,नेपालमा दिनप्रतिदिन कोरोनाका संक्रमित बढ्दै गएपछि चौतर्फि चिन्ता गरिएको छ । लकडाउन उलङघनका घटना बढेपछि कञ्चनपुरमा सशस्त्र प्रहरीले मोटरसाईकल गस्ती शुरु गरेको छ ।

सशस्त्र प्रहरीले भारतसंग सीमा जोडिएको महाकाली नगरपालिका क्षर्ेत्रमा आजदेखि मोटरसाईकल गस्ती शुरु गरेको हो ।

यस अघि भारतबाट लुकिछिपी नेपाली महाकाली नगरपालिका क्षेत्रकै नाका भएर प्रवेस गरेपछि उनीहरुकै व्यवस्थापनमा व्यस्थ भएको सशस्त्र प्रहरीले नगरपालिका क्षेत्रमा लकडाउन अनुगमन गर्नका लागि मोटरसाईकल मार्फत गस्ती गरिरहेको हो ।

सोमबारदेखि पश्चिमी गड्डाचौकी नाका खुलेसंगै सो क्षेत्रमा प्रवेस रोकिएको थियो । शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बीरसिह शाहुले लकडाउनको पूर्ण पालना गर्नका लागि मोटरसाईकल गस्ती गरेको बताए ।

उनका अनुसार महाकाली नगरपालिका क्षेत्रका क्वारेन्टाईन, सीमा क्षेत्र, बजार, गाउँघरतिर गस्ती गरिएको छ ।‘हामीले महाकाली नगरपालिकाबाट लकडाउन पालना गराउनका मागि मोटरसाईकल गस्ती शुरु गरेका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘अब सबै स्थानीय तहमा मोटरसाईकल गस्ती मार्फत लकडाउन थप कडाई गछौँ ।’

लकडाउन उलङघन गर्दै पसल खुल्ने समाजिक दुरी कायम नगरिकनै समुह बनाएर लुखरलुखर घुम्ने, खेल्ने र अनावश्यक घर बाहिर आउनेलाई सम्झाई बुझाई गरेर कोरोनाबाट बाँच्नका लागि सचेतना गराउने काम समेत गरिने छ ।

‘क्वारेन्टाईनमा बसेकाको समस्यादेखि उनीहरुबाट उत्पन्न समस्या बारे समेत अनुगमन गछौँ, ‘ुसशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘क्वारेन्टाईनदेखि होम क्वारेन्टाईन र गाउँबस्ती सीमा क्षेत्रमा लकडाउन पूर्ण पालना गराउँछौँ ।’ सशस्त्र प्रहरीले कञ्चनपुरमा कोरोनाको चैन तोड्नेदेखि लकडाउन तोड्ने जनप्रतिनिधी, व्यवसायी एव उपट्याङ ग्याङ समुहलाई तह लगाउँदै आएको छ ।

कोरोना रोकथामका लागि कञ्चनपुरका सशस्त्र प्रहरीले चौतर्फि क्षेत्रमा गरेको कामको स्थानीयले पं्रसंसा गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »