सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा सशस्त्र प्रहरीको पहलमा भारत सीमाका नेपालीले आफ्नो खेत जोत्न पाए

विकास सिह महता

कञ्चनपुर , सशस्त्र प्रहरी वल नेपालले भारतीय सीमासँग जोडिएको नेपालीको खेत उपभोग गर्न पाउने बनाएको छ । कञ्चनपुरको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी वलले भारतीय पक्षसँग छलफल गरेर सीमा स्तभवाट नाप्न लगाएर नेपालीको खेत फिर्ता गरेको हो ।

यसअघि भारतीय सुरक्षा बल९एसएसबी०ले जहिले पनि महाकाली नगरपालिका ८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुनमगरलाई आफ्नै खेतमा जोत्दा अवरोध गर्दै आएका थिए । कहिले खेत जोत्न नदिने, कहिले अन्नबाली नष्ट गरिदिने, कहिले खोतिरहेकै अवस्थामा एसएसबीका जवान आएर अवरोध गर्दै आएका थिए ।

चार बर्ष अघि पनि हिउँदे बाली लगाउनका लागि खेत पसेका लक्ष्मणलाई एसएसबीले जोत्न दिएको थिएन्, गत बर्ष मसुरो लगाएको खेतमा भारतीय नागरिकले टेक्टर लगाएर नष्ट गरिदियो ।

हालै बर्खेखेतीका लागि जेठ दोस्रो साता खेत जोत्दा एसएसबीले अवरोध गरिदिएपछि कञ्चनपुरको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिह साहु विवादित क्षेत्र पुगे ।

बिहीबार बिहानै विवादित सीमा क्षेत्र पुगेको सशस्त्र प्रहरी बल कञ्चनपुरका कमाण्डर शाहुले भारतीय सीमा सुरक्षा बल९एसएसबी०, जनप्रतिनिधी एव स्थानीयसंग घनिघुत छलफल गरेर बषौँदेखिको सीमा विवाद टुङ्गो लगाए । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का डेपुटी कमाण्डर महेश कनियाल सहितका पक्षसंग छलफल गरेर भारतीय पक्षबाट बषौँदेखि हुँदै आएको विवाद टुङ्गो लागेको हो ।

‘अब दशजगा क्षेत्र पुर्वतिर नेपालीले कमाउन पाउँछन्, ‘उनले भने, ‘लामो समयदेखिको विवाद टुङ्गो लाग्यो ।’ १७नम्बर सीमा पिलरको विच भागबाट विवादित क्षेत्रतिर नापजाँच गरेर दुवैतर्फ १०र१०मिटर छाडेर नेपाल तर्फ नेपाली नागरिक र भारततर्फ भारतीय नागरिकले उपभोग गर्न पाँउनेछन ।

वार्ता लगत्तै लक्षणले आफ्नो जमिन खनजोत गरेका छन् । बषौँदेखि आफ्नै जमिन जोत्न नपाएपछि पीडित भएका नेपाली नागरिक लक्ष्मणले खुसी व्यक्त गरे । ‘नेपालबाट आएका सशस्त्र प्रहरी बलका एसपी साप अएर मेरो बषौँदेखिको विवाद टुङ्गो लगाईदिए ।’ अव निर्वाद रुपमा खेत खनजोत गरेर उपभोग गर्ने उनले बताए ।

लक्ष्मणको सीमा पिलर नजिक लक्ष्मणको अढाईकट्टा जमिन छ । उक्त जमिनमा एसएसबीले खेतपाती एव खनजोत गर्न दिएको थिएन् । यस अघि गत बर्ष उक्त खेतमा लगाएको मसुरो भारतीय नागरिकले टेक्टर धुधाएर बाली नष्ट गरिदिएको थियो ।

तीन बर्ष अघि पनि भारतीय एसएसबीले लक्ष्मणलाई खनजोतमा अवरोध गरेको थियो । विस २०२४ सालदेखि बसोबास गर्दै आएका लक्ष्मणको परिवारले आफ्नो मातृभूमि निर्वाध रुपमा उपभोग गर्न पाएपछि हर्षित भएका छन् ।

महाकाली नगरपालिका जनप्रतिनिधी स्थानीय एव सरोकारवाला पक्षले सशस्त्र प्रहरीको पंसंसा गरेका छन् । विवाद विवादकै कारण नेपाली नागरिकले ज्यानै गुमाउनुपर्ने बाध्यता रहेको कञ्चनपुरमा उक्त विवाद सशस्त्र प्रहरीबाट समाधान भएपछि स्थानीयले हर्षित भएका छन् ।

भारतसग सीमा जोडिएको कञ्चनपुरको १ सय २९। ५ किलोमिटर सीमा दुरी मध्ये सुन्दरगरको सीमा विवाद टुङ्गो लगाएसंगै यसरी नै सशस्त्र प्रहरीले अन्य क्षेत्रको सीमा विवाद टुङ्गो लगाउनुपर्नेमा जोडदिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »