सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा सीमा क्षेत्र सिल गरेको सशस्त्र प्रहरीले जिल्ला सिल


माेहन विष्ट
कञ्चनपर,भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कञ्चनपुरको सीमा क्षेत्र सिल गरेको सशस्त्र प्रहरीले जिल्ला पनि सिल गरेको छ ।

सशस्त्र प्रहरीले कञ्चनपुर प्रवेश नाका कृष्णपुर नगरपालिका– ६ को गुलरिया र पुनर्वास नगरपालिका– ११ डोकेबजार क्षेत्रबाट जिल्ला प्रवेश र बाहिरिन दिएको छैन ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले लकडाउनको नीतिअनुरूप जिल्ला प्रवेशमा पनि रोक लगाएको बताए ।

‘हामीले अन्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने मुख्य दुई नाका गुलरिया र डोकेबजारमा २४सै घन्टा सशस्त्र प्रहरी खटाएका छौँ,’ ‘उनले भने, ‘जिल्लामा प्रवेश गर्न र बाहिरिन पनि दिदैनौँ ।’ जिल्ला प्रवेश गर्न नदिएपछि कोरोना संक्रमणको जोखिम न्यूनीकरण हुने अनुमान गरिएको छ ।

भारतसँग सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरीले थप दुई सय २० जनशक्ति परिचालन गरेर कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।

१४ सशस्त्र प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ
लकडाउनकै वेला १४ चैतमा भीमदत्त नगरपालिका– ९ ब्रह्मदेव खल्लामेछेट्टीबाट ट्युब तरेर नेपाल प्रवेश गरेका बेदकोट नगरपालिका– १० चतहरीका ४१ वर्षीय युवकमा कोरोना पृष्टि भए पनि उनलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी बलका १४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

साहुले संक्रमितलाई पक्राउ गरेर क्वारेन्टाइन पुर्‍याउने १४ जना सशस्त्र प्रहरीसहित जिपका चालक, मालिक र सहचालक गरी १७ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »