सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा सीमा नाकामा सशस्त्र प्रहरीको कडाइस् ९ बजे राति खुला सीमानाबाट नेपाल प्रवेश गर्न खोज्ने ६२ नेपाली रोकिए

कञ्चनपुर ,विश्वमहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै सरकार देशभर लकडाउन र अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको छ ।

सिमा बन्द भएपनि भारतबाट नेपाल आउने नेपाली भने रोकिएका छैनन् । कञ्चनपुर यस महामारी नियन्त्रणमा नेपाल सशस्त्र प्रहरी महत्त्वपूर्ण भुमिका निर्वाह गर्दैँ आईरहेको छ ।

सोमबार साझ ९ बजे नेपाल प्रवेश गर्न खोजिरहेको ६२ जनाले सशस्त्र सिमामा रोकेको छ । कञ्चनपुरको महाकाली नगरपालिका १ र भिनपास्थित ब्रह्मदेव नजिकैको सिमाबाट नेपाल आउन खोजेका उनिहरुलाई सशस्त्रले रोकेको हो । महाकालीबाट ४८ र ब्रह्मदेवबाट १८ जनाले नेपाल प्रवेश गर्न खोजेका थिए ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका शैलेश्वरी गणका गणपति एव्म एसपी वीर बहादुर शाहुले नाका बन्द भएसकेपछि नेपाल आउन खोजेकाले उनिहरुलाइ सीमामा रोकिएको बताए ।

उनका अनुसार नाका बन्द भएपनि भारतबाट आउने नेपाली रोकीएका छैन्न । साथै नाकामा रोकीकाको उद्दका लागि स्थानीय प्रसाशनसँग समन्वय भईरहेको उनको भनाई छ ।

एपी शाहु नेपाली जनताको सुरक्षाका लागि रातदिन आफै समेत सिमामा खटिएका छन् । (सुदुरपरिचम खबरबाट)

भर्खरै

सम्बन्धित खबर

Language »