सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कतार च्यारेटीको सहयोगमा युनेस्को क्लबद्धारा विपन्नलाई बाख्रा र चल्ला वितरण


नेपालगन्ज, कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनस्को क्लबले जिल्लाका विभिन्न स्थानका अति विपन्न परिवारलाई आर्थिक समृद्धि र जिविकोपार्जनका लागि बाख्रा र कुखुराका चल्ला वितरण गरेको छ ।


क्लबले मंगलवार यहाँ आयोजना गरेको एक औपचारिक कार्यक्रममार्फत जिल्लाका नेपालगन्ज उपमहानगर, खजुरा, राप्तीसोनारी र जानकी गाउँपालिकाका १५ अति विपन्न परिवारलाई जिविकोपार्जनका लागि ९ लाख ३९ हजार ७५ रुपियाँ बराबरको बाख्रा र कुखुराका चल्ला वितरण गरेको हो ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको सो वितरण कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह र क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले ती विपन्न परिवारलाई बाख्रा र चल्ला वितरण गर्नुभयो ।


सो अवसरमा जिविकोपार्जनका लागि बाख्रा पालन परियोजना अन्तर्गत १० विपन्न परिवारलाई प्रति परिवार ५ वटा पाठी बाख्रा र एउटा बोको गरेर ६ लाख ८५ हजारको वितरण गरिएको क्लबका संरक्षक सिद्दिकीले बताउनु भयो ।


उहाँले यसैगरि जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट ५ वटा विपन्न परिवारलाई प्रति परिवार सय वटा कुखुराका चल्ला, २ क्विन्टल दाना, ३ वटा पानी खवाउने फिडर र ३ वटा वाटर ड्रम गरेर २ लाख ५४ हजार ७५ रुपियाँको वितरण गरिएको बताउनु भयो ।


राप्तीसोनारी गाउँपालिका ७ का पाँच परिवारलाई कुखुरापालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरिएको थियो भने राप्तीसोनारी ७ कै ३ परिवार, नेपालगन्ज उपमहानगरका ३ परिवार, खजुराका ३ परिवार र जानकी गाउँपपालिकाका १ परिरवार गरेर १० परिवारलाई बाख्रा र बोका वितरण गरिएको क्लबले जनाएको छ ।


सो अवसरमा बोल्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले क्लबले विगतदेखिनै जिल्लामा थुप्रै राम्रा कामहरु गर्दै आएकोमा यस्तो जटिल अवस्थामा यो अतिनै सराहनीय काम गरेको बताउनु भयो ।


यस्तै क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बाख्रापालन र कुखुरापालनका लागि सहयोग पाउनेहरुले राम्ररी पालन गरेमा आर्थिक अवस्था सुदृढ पार्न सहयोग पुग्ने बताउनु भयो ।


सहयोग पाउनेहरु मध्येबाट बोल्दै खजुरा गाउँपालिका ३ की राजकुमारी दमाईले कोरोना र बन्दाबन्दीका कारण अतिनै समस्यामा परेको बेला क्लबले गरेको सहयोगले धेरै मद्दत गर्ने बताउनु भयो ।
क्लबले जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत यसअघिनै ३ वटा पावर ट्रेलर पनि वितरण गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »