सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कतार च्यारेटीको सहयोगमा युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

नेपालगन्ज, बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।

अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको हो ।

एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सो तालिमको संयुक्त रुपमा उदघाटन गर्नुभयो । उदघाटन गर्दै नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले सिलाई कटाई तालिम लिएर त्यसलाई व्यवसायीक रुपमा अंगालेमा सानो समयमै आर्थिक समस्या समाधान हुने बतानउुभयो ।

उहाँले यो तालिमले २० परिवारको आर्थिक अवस्था सुधारेर घर परिवार चलाउन सहज बनाउने पनि विश्वास व्यक्त गर्नुुभयो । यस्तै नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले आयआर्जन हुने यस्ता तालिमले धेरैको जिवनस्तरमा परिवर्तन ल्याएको बताउनुभयो ।

क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सहभागिलाई राम्ररी तालिम लिन आग्रह गर्दै यसलाई जिवन परिवर्तनको माध्याम बनाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो । तलिम समापनपछि हरेक सहभागिलाई सिलाई मेसिन एक सेट, आइरन प्रेस, नाप गर्ने काठको स्केल, कैंची र दस मिटर कपडा उपलब्ध गराइने कार्यक्रम अधिकृत गुलाम गौसले बताउनुभयो ।

बाँके युनेस्को क्लब मार्फत कतार च्यारेटीले जिल्लाका विभिन्न पालिकामा विपन्न र असहायका लागि विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »