सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कतार च्यारेटीको सहयोगमा बाँके युनेस्कोद्धारा करोड बढीको स्वास्थ्य सामाग्री प्रदान


बाँके र बर्दियाका विपद व्यवस्थापन समिति र क्वारेन्टाइनलाई हस्तान्तरण

नेपालगन्ज,कोभिड १९ महामारी विरुद्धको अभियानलाई सफल पार्ने उदेश्यले बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा बाँके र बर्दिया जिल्लालाई १ करोड ६ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कतार च्यारेटीबाट प्राप्त भएको १ करोड ६ लाख ६९ हजार ४४५ रुपियाँ बराबरको सो स्वास्थ्य सामाग्री बाँके र बर्दिया दुबै जिल्लाका जिल्ला विपद व्यवस्थापन समिति र ४० वटा क्वारेन्टाइनलाई हस्तान्तरण गर्न शुरु गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।


सो क्रममा बुधवार बाँके र बर्दियाका विपद व्यवस्थापन समितीलाई ३०–३० थान सेट पीपीई र ३–३ थान थर्मल गन हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो । उहाँले उक्त सामाग्री कोरोना विरुद्ध फ्रन्टलाइनमा काम गर्ने चिकित्सक लगायतका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि प्रदान गरिएको बताउनु भयो ।


जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगलाई ३० थान पीपीई र ३ थान थर्मल गन बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले जिल्ला प्रशासन कार्यालयमा पुगेर बुधवार हस्तान्तरण गर्नुभयो ।


कोरोना विरुद्धको संघर्षमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अति आवश्यक पर्ने पीपीई लगायतका स्वास्थ्य सामाग्रीको अभाव भएको बेला कतार च्यारेटीले प्रदान गरेको सहयोग अतुलनीय रहेको प्रमुख जिल्ला अधिकारी कुरुमवांगले बताउनु भयो ।


उहाँले अझैपनि धेरै चुनौती बाँकी रहेकोले यस्ता सामाग्रीको अतिनै आवश्यकता रहेको जनाउँदै क्लबलाई धन्यवाद दिनुभयो ।


सोही प्रकारले बर्दिया जिल्ला विपद व्यवस्थापन समितिलाई पनि बुधवारनै ३० वटा पीपीई र ३ वटा थर्मल गन हस्तान्तरण गरिएको छ । यो बाहेक बाँकेका २० र बर्दियाका २० वटा क्वारेन्टाइनलाई पनि हरेक क्वारेन्टाइनमा ५ वटा सेट पीपीई, अस्थाई शौचालय, हात धुने स्टेशन, हाइनिज किट र डिग्नीटी किट, सरसफाइको सामाग्री तथा बाल्टी र मग उपलब्ध गराईने क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो ।


क्वारेन्टाइनलाई व्यवस्थित गर्दै सुविधा सम्पन्न बनाउन सो सामाग्री प्रदान गर्न लागिएको क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताउनु भयो ।


उता, कतार च्यारेटीले नेपालको विपद व्यवस्थापनमा सहयोग गर्दै आएको जनाउँदै कोभिड १९ विरुद्धको अभियानमा पनि निरन्तर सहयोग गरिरहको कतार च्यारेटीका प्रोजेक्ट म्यानेजर ईरशाद अली शेखले बताउनु भएको छ ।


पुर्वका सर्लाही र रौतहट तथा पश्चिमका बाँके र बर्दिया जिल्लामा कतार च्यारेटीले स्वास्थ्य सामाग्री लगायत अन्य सहयोग प्रदान गरेको कतार च्यारेटीका प्रोजेक्ट म्यानेजर शेषले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »