सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कतार प्रहरीका लागि आएको दुई सय जनाको माग रद्ध

कतार प्रहरीका लागि आएको दुई सय जनाको माग (डिमाण्ड) रद्ध भएको छ।
कतारस्थित नेपाली दूतावासले डिमाण्ड रद्ध गरेको हो।

कतारी आन्तरिक मन्त्रालयले उक्त पदहरुमा अन्यत्रबाट पूर्ति गरिएकाले मागपत्र रद्ध गर्नुपरेको दूतावासले जनाएको छ।

यस अघि त्यहाँको आन्तरिक मन्त्रालयले नेपालको अल ताक्वेत ओभर्सिस् प्रालिमार्फत दुई सय नेपाली लिने गरी दूतावासमा मागपत्र पेश गरेको थियो।

उक्त मागपत्र दूतावासले प्रमाणीकरण गरिदिएको थियो। त्यसपछि म्यानपावरले भर्ना प्रकृयासमेत अगाडि बढाएको थियो।

उक्त मन्त्रालयले छनोट हुनेले टिकट, भिसा लगायत कुनै पनि शुल्क तिर्नुनपर्ने भनेर मागपत्र पेश गरे पनि म्यानपावरले प्रतिकामदार सातदेखि १० लाखसम्म असुलेको पाइएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »