सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कपिलवस्तुको सुन्दर प्राविमा बसेका ४३ जना क्वारेन्टाइनबाटै भागे

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–४ स्थित सुन्दर प्रावि क्वारेन्टाइनबाट सोमवार साँझ ४३ जना भागेका छन । एक साता अघि जिल्लाको यशोधरा गाउँपालिका–८ खोरियाबाट २५ जना र वडा नम्बर ६ रंगपुरस्थित क्वारेन्टाइनबाट ११ जना भागेका छ । १४ दिन बसे पनि परीक्षणमा ढिलाई गरिदा कपिलवस्तुको क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालेका हुन् ।

पछि प्रहरीले उनीहरुलाई खोजेर ल्याएको थियो । भारतको बिभिन्न शहरबाट लकडाउनका बेला घर फर्किनेक्रमा क्वारेन्टाइनमा रहेका ४३ जना सोमवार साँझ फरार भएको वडाध्यक्ष रबीन्द्र तिवारीले बताए । क्वारेन्टाइनमा बसेका १४ दिन बढी भई सक्दा पनि परीक्षण नगरिएपछि आक्रोशित बनेका उनीहरु आफ्नै घर गएको तिवारीले जानकारी दिए।

मालपारका गाउँलेका अनुसार क्वारेन्टाइन भित्रै मदिरा सेवन गरी दुई समूहबीच भनाभन भए पछि क्वारेन्टाइन छाडेर भागेको थिए । क्वारेन्टाइनमा प्रहरी समेत नभए पछि उनीहरु सहजै भागेका थए ।

क्वारेन्टाइनमा वसेकालाई नगरपालिकाले बस्ने ब्यवस्थापन गरेपनि खानाको प्रबन्ध नगरेकाले आफ्नै घरवाट खाना लिएर परिवारले खुवाउने गरेका छन । खाना कपडा घरघरबाट ल्याउने लैजाने गर्दा असुरक्षा र जोखिम बढेको स्थानीयको गुनासो छ । क्वारेन्टाइन व्यवस्थित नहुँदा कपिलवस्तुका क्वारेन्टाइनबाट पटक पटक मानिसहरु भाग्ने गरेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »