सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, चारैजना १४ दिनअघि भारतको मुम्बैबाट फर्केका

कपिलवस्तु। कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश नम्बर ५ को जनस्वास्थ प्रयोगशला भैरहवामा गरिएको पिसिआर परीक्षणपछि उनीहरूका संक्रमण पुष्टि भएकाे हाे । यससँगै मायादेवीमा मात्रै नौ जना कोरोना संक्रमित भएका छन् ।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

क्वारेन्टाइनमा बसेकाहरुमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।

चार जना नै भारतको मुम्बैबाट बैशाख तेश्रो साता चोर नाका हुँदै जिल्ला फर्केका थिए । उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले क्वारेन्टाइनमा लगेको थियो । संक्रमित ४ जना नै क्वारेन्टाइनमा १४ दिन बसेपछि गत शनिबार -यापिट टेस्ट गर्दा समेत पोजेटिभ देखिएको स्वास्थ्य संयोजक यादवले बताए ।

गत आईताबार उनीहरुको स्वाब संकलन गरी पठाइएको थियो । वडा नम्बर ४ का ३ जना पुरुष त्यही वडामा रहेको जनता प्राबि सानो पिपरा तथा वडा नम्बर ३ का संक्रमित गाउँपालिकाको वडा नम्बर १ स्थित छत्रपाली तिर्थादेवी उमाबिको क्वारेन्टाइनमा छन् ।

बुटवल र भैरहवामा रहेको कोरोना अस्पताल भरिभराउ भएपछि संक्रमितलाई कुन अस्पतालमा लैजने भन्ने अन्यौल बढेको छ । साेमबार पनि सोही गाउँपालिकाका थप पाँच जनामा आरटिडी पोजेटिभ देखिएपछि पिसिआरका लागि स्वाब संकलन गरी भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »