सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कपिलवस्तुमा २ जनामा कोरोना देखियो,सक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »