सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कपिलवस्तु जिल्लामा ८५ प्रतिशत रोपाई सकियो

कपिलवस्तु / २८ असार
धान उत्पादनका लागि उर्वर मानिएको कपिलवस्तु जिल्लामा अहिले सम्म ८५ प्रतिशत रोपाई भइसकेको छ । गत बर्ष यहि समयमा २५ प्रतिशत धान रोपाई भएको थियो भने यस वर्ष अनुकुल मौसम र समय समयमा पानी परेकाले बढी रोपाइ भएको हो ।

कपिलवस्तुमा ८३ हजार हेक्टर खेती योग्य जग्गा मध्ये करिब ७२ हजार हेक्टर जग्गामा धान खेती हुदै आएको र हाल सम्म ८५ प्रतिशत मात्र रोपाई भएको र यस्तै मौसमले साथ दियोे भने आउने हप्ता सम्म सत प्रतिशत सम्म धान रोपाई हुन सक्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुका बागवानी बिकास अधिकृत बाल गोबिन्द त्रिपाठीले बताउनु भएको छ ।

सिचाई सुविधा नहुदा कृष्णनगर नगरपालिका र विजयनगर गाँउपालिका पछी परेका छन । किसानहरुले समयमा विउ छरेको र बर्षाको मौसमले समेत साथ दिएकाले पनि रोपाई राम्रो भएको कपिलवस्तु ज्ञान केन्द्रले जनाएको छ । मलखाद जस्ता अन्य आवश्यक विषयमा पनि नेपाल कमजोर नै मानिन्छ । त्यसैले दक्षिण एसियामा नेपालको उत्पादकत्व थोरै रहेको छ ।

खेतीपाती गर्नुपर्ने बेला कपिलबस्तु लगायत देशैभर किसानहरू मलखादको खोजीमा दौडनु पर्ने बाध्यता अझै जारी नै देखिन्छ । तिनै किसान मध्येका एक हुन् कपिलबस्तुका सुद्धोधन गाउँपालिकाका मोहनलाल कुर्मी जसलाई अहिले सोही चटारोले छोपेको छ । धान रोपी सकेपछि डिएपी तथा पोटास लगायत रासायनिक मल जरुरी हुने भएपछि मलखाद नपाएको गुनासो गर्दै कोभिड १९का कारण गरिएको लकडाउनले गर्दा भारतबाट पनि ल्याउन नमिल्ने र जिल्लामा रहेका प्राय सहकारीहरूले बढी मुल्यमा बिक्री गर्ने गरेको कृषकहरुको गुनासो छ ।

सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य राखेको छ । त्यसका लागि धानको पनि उत्पादन उस्तै अनुपातमा दोब्बर हुनुपर्छ । तर सिँचाइ, मलखाद, बीउबीजन, यान्त्रिकरण तथा कृषि कामदार अभावजस्ता विद्यमान समस्या ज्यूँ का त्यूँ रहेसम्म उक्त लक्ष्य आकाशको फल मात्र हुन सक्ने जानकारहरू बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »