सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कमलशाहीको उपचारर्थ उठेको २ दुई लाख रकम परिबारलाई हस्तान्तरण


कोहलपुर मोडेल कलेजबाट मात्रै ५० हजार सहयोग

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ निबुवा निवासी कमल शाहीको उपचार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।

उनको उपचार्थ बनाईएको समितीको पहलमा उठेको उक्त २ दुई लाख रकम उनका बुबा पदम बहादुर शाहीलाई सदस्यलाई हस्तान्तरण गरिएको हो ।
बाँकेको कोहलपुर मोडल कलेज९प्ःऋ० ब्यावस्थापन संकाय चौथो बर्षमा अध्यानरत शाहीको केही दिन अघी सिमलको हाङ्गाबाट खसेर टाउकोमा गम्भीर चोट थियो ।

उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ दिन भेन्टिलेटरमा राखी उपचार गराउदा समेत होस् नखुलेपछी थप उपचारको लागि हेलिकप्टरद्धारा काठमाडौं लगिएको थियोे । हाल उनको काठमाडौँको टिचिङ हस्पिटलमा उपचार भईरहेको छ ।

उनको उपचारको लागि कोहलपुर मोडेल कलेजका कर्मचारी तथा प्राध्यापकद्धारा करिव ५० हजार रकम सहयोग गरिएको छ ।

भने उक्त कलेजमा अध्यन गर्दै गरेका र देश बिदेशमा रहेका विद्यार्थीहरुले करिव १ लाख ५० हजार सहयोग उपलब्ध भएको सहयोग समितिका संयोजक संन्जिव बाबु पंगेनीले जानकारी दिए । पंगेनिका अनुरा हालसम्म उनको लागि करिब ३ लाख ५० हजार रकम सहयोग संकलन भैसकेको छ ।

साथै संयोजक पंगेनीले शाहीको जिवन रक्षाका लागि उपचारमा सक्दो सहयोग कार्यमा जुट्न मनकारी मनहरु भएका सबैलाई सहयोग गर्नका लागि अनुरोध गरेका छन । सहयोगको लागि निम्न खाता नम्बरमा रकम जम्मा गर्न अनुरोध समेत गरिएको छ ।

खाता नम्बर ०७३००५००१७३२९
खाता वालाको नाम पदम बहादुर शाही संजिब बाबु पंगेनी
मेगा बैङ् कोहलपुर शाखाँ
सम्पर्क नम्बर ९८५८०२७६९२,९८४८०३४६६४

भर्खरै

सम्बन्धित खबर

Language »