सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कम्पनीहरुले आफ्नो विज्ञापन नराख्दा फेसबुकले सात अर्ब अमेरिकी डलर गुमायो

काठमाडौँ / १४ असार
एकपछि अर्को कम्पनीले प्रचार गराउन छोडेपछि फेसबुकले सात अर्ब २० करोड अमेरिकी डलर गुमाएको छ । फेसबुकले घृणात्मक अभिव्यक्ति र गलत सूचना रोक्न उपयुक्त कदम नचालेको भन्दै बहुराष्ट्रिय कम्पनीहरूले प्रचार रोकेपछि फेसबुकको कारोबारसँगै मार्क जुकरबर्गको कुल सम्पत्तिमा प्रत्यक्ष असर परेको हो ।

सामाजिक सञ्जाल फेसबुकको पेज साझा ८.३ प्रतिशतले घटेको छ । पछिल्लो तीन महिनामा मात्रै फेसबुक यसप्रकारको नोक्सानीमा गएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बहुराष्ट्रिय कम्पनीहरू फेसबुकमा प्रचार राख्न छोडेको छ । पछिल्लो पटक बहुराष्ट्रिय कम्पनी युनिलिभर उक्त निर्णयमा पुगेको छ । युनिलिभरले यसवर्ष फेसबुकमा खर्च नगर्ने प्रष्ट्याएको छ ।

फेसबुकको ५६ अर्ब बजार मूल्यमा भारी गिरावटसमेत देखिएको छ । ‘ब्लुमवर्ग मिलिनियर इन्डेक्स’का अनुसार मार्क जुकरबर्गको कुल सम्पत्ति ८२.३ अर्ब अमेरिकी डलरमा समेत ह्रास आएको छ ।

जुकरबर्गले शुक्रबार मात्रै फेसबुकको लोकप्रियतामा आएको गिरावट र अपनाउनुपर्ने सतर्कताका उपायबारे विशेष ध्यान पुगेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिको चुनावलाई लिएर मतदानसँग सम्बन्धित सामग्रीमा समेत सामाजिक सञ्जालको दुरुपयोग हुनसक्ने आँकलन गरिएको छ ।

जुकरबर्गले अभिव्यक्तिमा विशेष निगरानी राख्नुपर्ने बहुराष्ट्रिय कम्पनीहरूको मागबारे विशेष प्रतिबद्धता जनाउनुभएको छ । फेसबुकले घृणात्मक अभिव्यक्तिलाई समेत पुनर्परिभाषित गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »