सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कम्युनिष्ट पार्टी नीति अनुसार चल्नुपर्नेमा जोड

नेपालगञ्ज, नेपाल कम्युनिष्ट पार्टी जनताको चाहना अनुसार अघि बढ्नपर्नेमा जोड दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्र बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक विचार गोष्ठीमा बक्ताहरुले पुष्पलालका विचार आजपर्यत्न पनि नेपालमा उत्तिकै सान्दर्भिक भएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मोहम्मद हारुनले कम्युनिष्ट पार्टी नीति विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले नेकपा छोराछोरीको पार्टी नभई कार्यकर्ताको पार्टी हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टी राम्रो बनाउन कार्यकर्तालाई बिश्वास गर्नुपर्छ, अध्यक्ष खरेलले भन्नुभयो,– नेता पनि आप्mनो अघिपछि कस्ता कार्यकर्ता छन भनेर सचेत हुनुपर्छ ।

अहिले पार्टीमा विचारको संघर्ष सुरु नभएको भन्दै उहााँले पार्टी एकता जोगाउँदै जनताको जनवादको बलमा समाजवादमा पुग्नसक्नुपर्नेमा जोड दिनुभयो ।

पुष्पलाल मित्रता केन्द्र बाँकेका अध्यक्ष लालबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य रत्न खत्री, नेकपाका नेता दिपक जिएमले पुष्पलालले भनेझै कम्युनिष्ट पार्टीमा नेता प्रधान नभई नीति प्रधान हुनुपर्नेमा जोड दिनुभयो ।

पुष्पलाल मित्रता केन्द्रका सचिव सतिश निरौलाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव लगायतले मन्तव्य राख्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »