सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्णालीको कथा रेलको बाटो २ सिंहदरबारमा

काठमाडौं । रेलको बाटो गितको सफलता पछि सुरज पंडितको शब्द संगीत र स्वर रहेको रेलको बाटो २ (सिंहदरबार) बोलको गित सार्वजनिक भएको छ ।

लक्षमण सुनारको निर्देशनमा निर्माण भएको यस गितको भिडियोलाई एक महिनौ समय लगाएत छायांकन गरिएको हो। कर्णाली प्रदेशको जिवन शैलीको कथा दुख संगै राज्यले गर्ने व्यवहारको समेत चित्रण गरिएको छ।

अस्मिता सुनार जुरेली र सुरज पंडितको मुख्य अभिनय रहेको यस गितको भिडियोमा कुलदिप आचार्य अतिथिको भुमिकामा देखिएका छन्। भिडियोले कर्णालीको वास्तविक कथालाई देखाउनुको साथै सरकारलाई कथा मार्फत गतिलो झापड समेत हानेको छ।

सार्वजनिक गितको भिडियोलाई निसाल पौडेलले छायांकन,पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माको रंग संयोजन गरेका छन्।गितको भिडियोलाई सुरज पंडितको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »