सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्णालीमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ८६ पुग्यो : १९१ जना डिस्चार्ज

कालिकोट । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका ५ र सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कर्णालीमा मात्र काेराेना संक्रमित संख्या १ हजार ८६ पुगेकाे छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका छन् ।

दैलेखको दुल्लु नगरपालिका-३ का एकजना ३२ वर्षीय युवक, ५ का ३० वर्षीय युवक, ७ का ३ वर्षीय बालक र ३८ वर्षीय युवक, ११ का ४२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका- ११ का २१ वर्षीय पुरुष र १२ का १८ वर्षीय किशोर रहेका छन् भने भेरीगंगा नगरपालिका-११ का ६७ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।

कर्णालीमा हासलसम्म ३४२ जना भने डिस्चार्ज भइसकेका छन् । मंगलबार मात्रै १९१ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ । प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, दुल्लु अस्पताल दैलेखबाट २७ जना, दैलेख अस्पतालबाट १२० जना र सल्यान अस्पतालबाट ४१ गरी १९१ जना डिस्चार्ज भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »