सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्णाली क्षेत्रमा हवाइ सेवा सुरु

सुर्खेत / २७ असार
कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा र मुगुमा हवाइ सेवा सुचारु भएको छ । लामो समयदेखिको लकडाउनका कारण खाद्यान्‍न, दैनिक उपभोग्य र निर्माण सामग्रीको अभाव हुन थालेपछि हवाइ सेवा सुचारु गरिएको हो ।

उडान बन्द हुँदा विशेष कामले बाहिर जाने यात्रुहरु समस्यामा थिए भने गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत उद्दार गरिएको थियो । हुम्लामा सडक सुविधा नहुँदा हवाइसेवाको विकल्प छैन भने डोल्पा र मुगुमा वर्षाका कारण सडक यातायात बन्द भएपछि उडान सुचारु भएको छ।

उडान सुचारु भएपछि हुम्लामा यस वर्ष खाद्यान्न, दैनिक उपभोग्य र निर्माण सामग्रीको अभाव छैन । एक साता उडान रोकिए हुम्लामा उपभोग्य सामग्रीको हाहाकार मचिने सिमकोटका अगुवा लोटइ लामाले बताए ।

जुफाल विमानस्थलमा असार पहिलो सातादेखि कार्गो उडान भइरहेको छ भने गृह मन्त्रालयको स्वीकृतिमा निजी एयरलाइन्सले अलपत्र यात्रुलाई डोल्पा ल्याइरहेका छन् ।

वर्षा सुरु भइसकेकाले केही महिनासम्म हवाइ उडानको विकल्प नभएको उनको भनाइ छ । अहिले डोल्पामा तारा र समिट एयरलाइन्सले सातामा १५ वटासम्म कार्गो उडान भरिरहेका छन् ।

मुगुस्थित रारा विमानस्थलमा ३ महिनापछि बुधबारदेखि उडान सुचारु भएको छ । सीता एयरलाइन्सले गृह मन्त्रालयको अनुमतिमा विमानस्थलमा उडान सुचारु गरेको हो । लकडाउनका कारण उडान नहुँदा बाहिर जाने र मुगु भित्रिने यात्रुहरु समस्यामा परेपछि चार्टर फ्लाइट सुरु गरिएको सहायक विमानस्थल प्रमुख किरण दाहालले बताए । उनका अनुसार एयरलाइन्सले सातामा १० फ्लाइट गर्ने सहमति भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »