सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्णाली प्रदेशमा जानुपर्ने मत बलियो बन्दै

नेपालगञ्ज, बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नुपर्ने आवाज दिनप्रतिदिन बढ्दोक्रममा पुगेको छ ।

बाँके, बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि आन्दोलनको तयारी समनवय समितिको आयोजनामा मंगलबार नेपालगञ्जमा भएको बैठकमा बाँके र बर्दियाका जनप्रतिनिधीले कर्णाली प्रदेशमा जान उपयुक्त भएको भन्दै आन्दोलनमा ऐक्यवद्धता रहने प्रतिवद्धता जनाएका छन् ।

बैठकमा सहभागी बर्दियाको मधुवन नगरपालिकाका प्रमुख गणेश केसी कृष्ण, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी र उपाध्यक्ष हिमा थारु तथा गुलरिया नगरपालिकाका उपप्रम्ुख सुशीला गिरीले बर्दियाबासी कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा भएको बताउनुभयो ।

बर्दियाका जनप्रतिनिधीले कर्णाली प्रदेशमा समायोजनका लागि बर्दियाका मुद्धा पनि समावेश गरेर अघि बढ्न सुझाव दिनुभएको छ ।

नेपालगञ्जको हितका लागि बर्दिया पछि लागेर आन्दोलनमा सहभागी हुन नसक्नै भन्दै उहाँहरुले बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिदा हुने उपलब्धी दुबै जिल्लाबासीलाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्ष सफिक वेहना लगायतले प्रदेश ५ को राजधानी नेपालगञ्ज नहुने निश्चित भईसकेपछि कर्णाली प्रदेशमा गाभिनुको विकल्प नभएको बताउनुभयो ।

प्रमुख राणाले दबाबमुलक आन्दोलनका कार्यक्रम अन्तर्गत, जनतामा जाने हस्ताक्षर अभियान संचालन गर्ने लगायतका कार्यक्रम गरिने बताउनुभयो ।

अभियान अन्तर्गत माघ २० गते नेपालगञ्जमा वृहद भेला हुनेछ भने बर्दियामा पनि समन्वय बैठक हुने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »