सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्मचारीलाई कोरोना देखिएपछि दाङ प्रशासन बन्द

दाङ। जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ ।

कर्मचारीलाई शान्ति सुरक्षा र मुद्दाबाहेक अन्य सबै सेवा असोज २५ गतेदेखि ३० गतेसम्मको लागि बन्द गरिएको हो ।

प्रशासकीय अधिकृत अम्मरराज शर्माले आइतबार एक विज्ञप्तीमार्फत यस्तो जानकारी दिएका छन् ।

कार्यालयका एकजना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि अन्य केही कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा सेवा बन्द गर्नु परेको जानकारी दिइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »