काठ्माण्डौ । एक्टिभ ईन्टरटेनमेन्ट प्रा लि को आयोजनामा एकदिने कलाकारहरुको मैत्रीपुर्ण भलिबल खेल सम्पन्न भएको छ ।
तार्केश्वर नगरपालिका -११स्थित ईमेज एकेडेमि मा भएको खेलको उद्घाटन कार्यक्रम मा सोहि स्कुलका प्रीन्सिपल राम गोपाल खड्का को शभापतित्व र धार्मिक गुरु राम बाबा को प्रमुख आतिथ्य रहेको थियो।
प्री गेम बाट छानिएका आयोजक एक्टिभ ईन्टरटेनमेन्ट टिम र कोचे मल्टिमिडिया टिम बिच अन्तिम प्रतिस्पर्धा भएको र सो खेलमा आयोजक टिमलाई ५ सेटमा ३ सेट जित्दै कोचे मल्टिमिडिया टिमले बिजय हासिल गरेको थियो।
राष्ट्रकोलागी खेल ,स्वास्थ्यको लागी खेल ,भ्रष्टाचार बिरुद्ध खेल ,खेल खेलौं स्वस्थ बनौं भन्नेमुख्य उदेश्य कासाथ कार्यक्रम को आयोजन गरीएको आयोजक संस्थाका संचालक बिजेन्द्र नौबागेले बताए।
यो प्रतीयोगिता कोहि जित्नको लागी नभएर स्वास्थ्य र मनोरन्जनको लागी खेलिएकोले यसमा दुबै टिमले जिते सरहभएको कोचे मल्टिमिडिया टिम बाट मैदानमा उत्रीएका नायक सितल के. सी. ले बताए ।
कार्यक्रमलाई अझ मनिरन्जनदायि बनाउन बिजेता टिमलाई कुखुराको भाले पुरस्कार राखिएको थियो । कार्यक्रममा बिजेता टिमलाई भाले सहित प्रमाणपत्र प्रदान गरीएको थियो भने सहभागीहरुलाई पनि सहभागीताको प्रमाणपत्र प्रदान गरीएको थियो।
कार्यक्रमका शभापती राम गोपाल खड्का र प्रमुख अतिथी राम बाबा ले मैदानमा ग ई भलिबल खेलेर कार्यक्रम को शुरुवात भएको थियो भने तार्केश्वर नगरपालिका ११ को वडा सदस्य सिता घलेको समेत उपस्थितिमा बिजेता टिमलाई भाले सहित प्रमाणपत्र र सहभागि हरुलाई समेत सम्मान गरीएको थियो ।
कार्यक्रम को मिडिया पार्टनर को रुपमा सारा खबर ,आईडिया खबर ,संबाददाता डट कम ,कोचे नेपाल रहेका थिए ।
कार्यक्रमलाई निरन्तरता दिने उदेश्यले अर्को शनिवार सामाखुसि मा कार्यक्रम गरिने आयोजक संस्थाका संचालक बिजेन्द्र नौबागे ले बताएका छन् ।