सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कशौधन वैश्य समाज बाँके तथा युवा मञ्च र महिला मञ्च नेपालगन्जले क्यान्सर पीडित महिलालाई नगद २१ हजार सहयोग


नेपालगन्ज, कशौधन वैश्य समाज जिल्ला कार्यसमिति बाँके तथा युवा मञ्च र महिला मञ्च नेपालगन्जले राहत वितरण अन्तर्गत क्यान्सर पीडित विधुवा महिलालाई क्यान्सर उपचारको लागि नगद सहयोग उपलब्ध गराएको छ ।

May be an image of 6 people, including Krishna Devi Pandey and people standing

विगत ७ वर्षदेखि आफ्नो उपचार आफै निरन्तर गराउँदै आईरहेकी क्यान्सर पीडित मीना नाऊका दुई छोरा रहेका छन् । क्यान्सर पीडित मीना नाऊलाई समाजले सम्मान गर्नुपर्ने देखिन्छ । उनी ७ वर्षदेखि निरन्तर आफै काम गरी आफ्नो उपचार गर्नुका साथै दुई छोराहरुलाई समेत पालेका छन् ।

तर नेपाल सरकारद्वारा लगाईएको लकडाउनले गर्दा उनी वेरोजगार जस्तै भएकी छन् । उनी मात्र वेरोजगार नभई उनको छोरा जो कपाल काट्ने कार्य गर्दै आईरहेका थिए, उनी पनि लकडाउनले गर्दा वेरोजगार भएको हुँदा हाल उनले कसैलाई भनेर आर्थिक सहयोग माग गरेको बताउँछिन् । कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले हाललाई क्यान्सर उपचारमा केही राहत होस् भनी समाजद्वारा सहयोग उपलब्ध गराईएको र आउने दिनमा आवश्यकता अनुसार क्यान्सर पीडितलाई थप सहयोग समाजद्वारा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

May be an image of 7 people, including Krishna Devi Pandey, people standing and people sitting

परिवर्तन फाउण्डेशन, पन्चशिललगायत थुपै संस्थामा आबद्ध रहेकी समाजसेवी कृष्णादेवी पाण्डेयले कशौधन वैश्य समाजका अध्यक्ष वैश्यलाई क्यान्सर पीडित मीना नाऊको बारेमा जानकारी गराउँदा अध्यक्ष वैश्यले तत्काल राहत वितरण स्वरुप नगद २१ हजार एक सय सहयोग गरेको हुँदा कशौधन वैश्य समाज परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

समाजसेवी पाण्डेयले क्यान्सर पीडित आफैमा एक साहसीक महिला हुन, उनी स्वाभिमानी महिला हुन, मेहनत गरी खाने वर्ग भित्र पर्दछन् तर बिडम्बना नेपाल सरकारले लगाएको लकडाउनले गर्दा उनलाई उपचारमा समस्या आएकै हुँदा उनले सहयोगको लागि अनुरोध गरेको बताउनुभयो ।

May be an image of 5 people, including Krishna Devi Pandey, people standing and indoor

समाजसेवी पाण्डेयले कशौंधन वैश्य समाजले क्यान्सर पीडित महिलालाई गरेको सहयोगले केही हदसम्म राहत हुने र उपचारमा सहजता आउने भएको हुँदा थप आर्थिक सहयोग अन्य कोही सहयोगी हातहरुले सहयोग गर्न चाहे सम्पर्क गर्न समेत अनुरोध गरेकी छन् । क्यान्सर पीडित ४२ वर्षिय मीना ६ पटक किमो गराई सकेकी छन् । उक्त कार्यक्रम आज शुक्रबार कोभिड–१९ को मापदण्ड अपनाई किन्नुराम काशीराम धर्मशाला नेपालगन्जमा सम्पन्न गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »