सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कसरी सम्भव भयो खण्डहर बगरलाई धाममा परिणत गर्न ?

बुटवल । लुम्बिनी प्रदेश रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. ४ मा भुतपुर्व सैनिक लगाएत समाजसेवीहरुको समुहले खण्डहर बगरलाई सुन्दर बगैचाकोरुपमा स्थापन गरेको छ ।
इन्जिनियर हिरा बहादुर भलामीको अनुसार तिनाउ नदीको किनारमा रहेको बगरलाई धाममा परिवर्तन गर्नका लागि मनको धनी समाजसेवीहरुको निस्वार्थ भावले निर्माण गर्न सफल भएको संवादको क्रममा बताउनु भयो ।

रिपोर्टिङको क्रममा ओमिकला पुनलाई श्रृङ्गेश्वर धाममा भेटियो । उहाँले आमा बाबाको सम्झनामा बुद्घ पार्क निर्माण गरिदिुनु भएको रहेछ । श्रीमान खेमराज पुनको सम्झनामा स्मृति पार्क निर्माण गरेको रहेछ । सँगै निर्माण हुन लागेको जेष्ठ भवनको बारेमा प्रश्न गर्दा समाजसेवी इन्जिनियर हिरा बहादुर बलामीले भन्नु भयो । यो जेष्ठ नागरिक भवन खेम जीको सपना हो तर उहाँको सपना पुरा नहुदै उहाँले यो संसार छोडेर जानु भयो । अहिले उहाँको श्रीमती ओमीकला पुनले श्रीमानको नाममा नै थप तला थपेर असाहय तथा जेहेन्दार विद्यार्थी चेलीहरुलाई होस्टलको रुपमा प्रयोग गर्ने भनेर निर्माण कार्य पुरा हुँदै छन् । यो धाम निर्माणको क्रममा खेम जीको धेरै योगदान छन् । उहाँको योगदानलाई हाम्रो यो समुहले कहिले विर्सन सकिदैन ।

स्वर्गीय खेमराज पुनको बारेमा इन्जिनियर हिरा बहादुर बलामीले सम्झी रहदा ओमीकला पुन भावुक हुनु भएको थियो । वास्तवमा खेमराज पुन को हो भनेर थप खोजी निति गर्दा उहाँको बारेमा थोरै जानकारी लिन सफल भएको छ ।

गुल्मी जिल्लाको सत्यावती गाउँपालिका वडा नं. ८ मा स्व. ना.सु. मन बहादुर पुन र आमा गौरी पुनको कोखबाट २०१९ सालमा मंसिर १७ गते जन्मिएको खेमराज पुनले त्रिचन्द्र कलेज, काठमाडौँबाट आई. एसी. सम्मको अध्ययन गर्नुभएको रहेछ । खेमओमी पुन कल्यानकारी प्रष्ठिानको माध्यमबाट समाजका लागि धेरै योगदान दिन सफल एक समाजसेवी व्यक्ति रहेछ । उहाँको मृत्युपछि अहिले श्रीमती ओमीकला पुनले सम्पुर्ण व्यवसाय समाहलेकी रहिछन् । ओमीकला पुनको भनाईलाई मान्ने हो भने व्यवसायको नाफाको १० प्रतिशत समाजिक कार्यमा सहयोग गर्ने गरेको बताए ।

समाजसेवी ओमीकला पुन शृङगेश्वर धामको संरक्षक इन्जिनियर हिरा बहादुर भलामी, समाजसेवी ज्ञान बहादुर क्षेत्री, समाजसेवी ऋषि भण्डारीसँग गरेको सम्वादको क्रममा श्रृङ्गेश्वर धामको विशेषता र महत्वको बारेमा खुलासा भएको हो ।

श्रृङ्गेश्वर धामलाई वडा नं. ४ ले पर्यटकीय आकार्षक केन्द्रको रुपमा प्रचारप्रसार गर्न सकेमा आर्थिक, सामाजिकरुपमा लाभ लिन सकिने छन् । विशेष गरेर गुल्मीबासीहरुको विशेष योगदान रहेको यो श्रृङ्गेश्वर धाम साच्चिकै पर्यटकीय हबकोरुपमा विकास गर्न सकिने छ ।
बाँकी यो भिडियो हेर्न नभुल्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »