सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला प्रशासन कार्यालय बाँके मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाईयो


नेपालगन्ज, कसौंधन वैश्य समाज बाँके नेपालगंजले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार वहादुर खड्का मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।


कसौंधन वैश्य समाज बाँकेद्वारा शुक्रबार बुझाईएको ज्ञापनपत्रमा हाल विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरसको प्रकोपबाट जोगिन कोरोना–१९ सर्वेक्षण गर्ने मोबाईल एप्पस विकास गरी दिन माग गरिएको छ ।


ज्ञापनपत्रमा हाल विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरसको प्रकोपबाट आज हामी समस्त देशबासी पनि प्रभावित भई नेपाल सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै उक्त महामारीको विरुद्धमा लड्दै आएका छौं ।

केही दिनदेखी नेपालगंजमा समेत कोरोना संक्रमित विरामीहरु भेटिंदै गएको क्रममा सरकारले निषेधाज्ञा लगाई शंकास्पद टोलका बासिन्दाहरुको परिक्षण कार्य शुरु गरेको विषय एकदमै सराहनीय पाइएको उल्लेख गरिएको छ ।


त्यसैगरी यस लकडाउनको परिस्थितिमा भारतले आरोग्य सेतु नामक एप्पसको निर्माण गरी मोबाईलको माध्यमबाट आम नागरिकले कोरोना संक्रमित क्षेत्र र बिरामी पहिचान र विवरण प्राप्त गर्ने ट्रेकर प्रविधिको विकास गरेको पाइएको छ ।

जसले भारतमा कोरोना सम्बन्धि तत्थांक संकलन तथा बिरामी पहिचानमा मद्दत पुर्याएको देखिन्छ भने नेपाल सरकारले पनि सोही अनुरुपको मोबाईल एप्पसको विकास गरि दिएमा आम नेपाली नागरिकले पनि आत्म मूल्यांकन प्रणालीबाट स्वयंमा कोरोना भाइरसको खतरा र प्रकोप बारे जानकारी पाउन सकिनुका साथै कोरोना बिरामी आफू नजिक भएको अवस्थामा अलट नोटिफिकेशन पाउँदा सर्वसाधारण र सरकारलाई कोरोना महामारी प्रकोप विरुद्ध लडाईमा केही सहयोग हुने विश्वास हुने भनी कसौंधन वैश्य समाज बाँकेद्वारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख्य गरिएको कसौंधन वैश्य समाज बाँकेका अध्यक्ष नन्दलाल वैश्यले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »