सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कसौधन वैश्य समाज बाँकेका अध्यक्ष नन्दलाल वैश्यद्धारा नेपालगञ्जमा तीन हजार मास्क वितरण


नेपालगन्ज, कोरोना भाइरसको संक्रमणबाट जोगाउन स्थानीय प्रशासनले मास्क लगाउन अनिवार्य गरेपछि सर्वसाधारणलाई सहजताका लागि नेपालगन्जमा समाजसेवी तथा व्यवसायीका एक नेताले ३ हजार मास्क वितरण गर्नु भएको छ ।


सो मास्क वितरण कसौधन वैश्य समाज बाँकेका अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले गर्नु भएको हो ।


मास्क नलगाएर घर बाहिर निस्कनेहरुलाई प्रहरीले पक्राउ गरेर सय रुपियाँ जरिवाना लिएर मात्र छाड्न थालेपछि सर्वसाधारणलाई मास्क लगाउन सहज होस भन्ने उदेश्यले एकै दिन ३ हजार मास्क वितरण गरिएको समाजसेवी तथा व्यवसायीका नेता वैश्यले बताउनु भयो ।

गत केही दिनदेखि मास्क नलगाउने धेरै सर्वसाधारण प्रहरीको कारवाहीमा पर्न थालेपछि सर्वसाधारणको सहजताका लागि नगरका विभिन्न स्थानमा गएर मास्क नलगाई बाटो हिड्नेहरुलाई ३ हजार मास्क वितरण गरिएको उहाँले बताउनु भयो ।


वैश्यले नगरको त्रिभुवन चोक, विपी चोक, धम्बोझी चोक र पुष्पलाल चोकमा मास्क वितरण गर्नुु भएको हो ।
प्रहरीले गत तीन दिनमा करिब ३ सय जनालाई जनही सय रुपियाँ जरिवाना असुल गरेपछि विपन्न तथा अन्य सर्वसाधारणलाई आवश्यक कामका लागि बजारमा हिडडुल गर्न सहज होस भन्ने उदेशयले मास्क वितरण गरिएको जनाईएको छ ।

गर्मीको बेला भएकोले सो अवसरमा गम्छा पनि वितरण गरिएको कसौधन वैश्य समाजले जनाएको छ । त्रिभुवनचोक पुर्वलाइनमा रहेका थोक कपडा विक्रेता नन्कुराम होलिरामले मास्क र गम्छा वितरणमा विशेष सहयोग गरेकोसमाजले जनाएको छ ।


बन्दाबन्दीलाई खुकुलो पारिएपछि बजारमा धेरै चहलपहल बढेको र स्थानीय प्रशासनले मास्क लगाएर तथा भौतिक दुरी कायम गरेर मात्र बजार जान आग्रह गरेपनि केहीले अझैपनि सो आग्रहलाई अटेरी गर्ने गरिएको पाईएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »