सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काँकडभिट्टा नाकाबाट कृषि उत्पादन लिएर भारत गएका २५ वटा ट्रक मेची पुलमै रोकिए

काँकडभिट्टा । भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा रोक लगाएको छ। बिहीबार नेपालबाट भारत तथा बंगलादेशका लागि हिँडेका चिया, अलैंची र अम्रीसोका निर्यात रोक्दा ट्रकहरू मेची पुलमा रोकिएका छन्।

काँकडभिट्टा नाकाबाट जाने सम्पूर्ण सामग्रीहरू जान नदिइएकाले करिब २५ वटा ट्रकहरू मेचीको पुलमै रोकिएका भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । निर्यातमा रोक लगाइए पनि आयात भने भइरहेको उनले बताएका छन।

लकडाउन सुरू भएदेखि नै औपचारिक रूपमै उक्त नाकाबाट निर्यातमा रोक लगाइएको थियो तर बीचमा सहमतिमा व्यवसायीहरूले निर्यात गरिरहेका थिए।

लकडाउनपछि पश्चिम बंगाल सरकारले नेपालबाट जाने वस्तुहरूमा रोक लगाएको थियो। लकडाउन अलि खुकुलो भएसँगै अनुमति दिने आशमा गएका ट्रकलाई रोकिएको हो।

निर्यात सहजीकरणको लागि भारतको पश्चिम बंगाल सरकारसँग छलफल भइरहेको दाहालले बताए।

उक्त नाकाबाट विषेशगरि कृषिजन्य वस्तुहरूको आयात हुने गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »