सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंको सीतापाइलामा २२ वर्षीय युवतीमाथि एसिड प्रहार

काठमाडौं । राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीय युवतीमाथि एसिड प्रहार भएको हो ।

दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।

उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।

उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको भट्टले जानकारी दिए ।

उनले एसिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »