सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत १ महिलाको मृत्यु भएको हो ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी जनाएको छ ।

उनी मनमोहन अस्पतालबाट १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।

उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो । उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत देखिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »