सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा म्हेन्दोमाया दिम निर्माण गर्ने

काठमाडौं । म्हेन्दोमाया कलाकार संघ नेपालको सातौँ वार्षिक साधारण सभा २०७९ पूर्व मन्त्री दिलमान पाख्रिनको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।

“तामाङ कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन” भन्ने मुला नाराका साथ भदौ २५ गते शनिवार सामाखुशीमा राम गोम्जाको सभापतित्व शुरु भएको सातौँ साधारण सभाबाट म्हेन्दोमाया दिम निर्माण गर्ने भएको छ ।

नुवाकोट, धादिङ, रसुवा लगाएत आसपासमा रहेका म्हेन्दोमाया सस्कृतिको प्रवद्र्धनका लागि म्हेन्दोमाया दिम निर्माण गर्न लागेको म्हेनदोमाया कलाकार संघ नेपालको केन्द्रिय महासचिव आसिक गोम्बा तामाङले बताए ।

विशेषगरी रसुवा,धादिङ र नुवाकोट जिल्लामा बसोबास गर्ने तामाङहरुको पहिचानको रुपमा स्थापित म्हेन्दोमाया गीत संगीत क्षेत्रमा आबद्ध कलाकारहरुको छाता संगठनको रुपमा चिनिने म्हेन्दोमाया कलाकारसंघको वार्षिक सभामा पुर्वमन्त्रि दिलमान पाख्रिनको प्रमुख आतिथ्य एवम् पुर्वमन्त्रि पर्शुराम तामाङ लगायतका विशिष्ट व्यक्तिहरुको विशेष उपस्थिति रहेका थिए ।

काठमाडौं सामाखुसी स्थित एक रेष्टुरेन्टमा सम्पन्न भएको उक्त वार्षिक सभामा संघका महासचिव आरम्भ तामाङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रुपा एस घले तामाङले आर्थिक प्रतिवेदन पेस गरेका थिए । तामाङले पेस गरेको वार्षिक प्रतिवेदन हलबाट ताली बजाएर पारित गरेका छन् ।

कार्यक्रममा म्हेन्दोमाया गीत संगीतलाई प्रत्येक्ष र अप्रत्येक्ष रुपमा योगदान गर्ने कलाकार,समाजसेवी,पत्रकारहरुलाई सम्मानपत्र समेत प्रदान गरेसंगै म्हेन्दोमाया कलाकार संघका कलाकारहरुले आफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित भएका पुर्वमन्त्रि पर्शुराम तामाङलेले म्हेन्दोमाया गीत संगीतमा पनि पछिल्लो चरण आउन थालेको विकृति विसंगति माथि चिन्ता व्यक्त गरेका छन् । उनले भने ‘ म्हेन्दोमाया गीत पश्चिमी तामाङहरुको पहिचान हो तर पछिल्लो चरण म्हेन्दोमाया गीत संगीतमा विकृतिहरु आउन थालेको छ यसलाई हामीले रोक्नु पर्छ, म्हेन्दो माया गीतलाई संरक्षण र प्रवर्द्धन गर्ने हामी सबैको दायित्व हो’ ।

त्यसैगरी प्रमुखअतिथि दिलमान पाख्रिनले पनि म्हेन्दोमाया गीत संगीत अव्यवस्थित हुदै गएको हो कि भन्ने आफुलाई अनुभूति हुन थालेको बताए । साथै उनले तामाङहरुको संघसंस्थाहरुमा पुर्वेली तामाङ गीत संगीतले बढी स्थान पाउने गरेकोले अब पश्चिमेली तामाङहरुको पहिचानको रुपमा म्हेन्दोमाया गीतको व्यापकता बढाउनु पर्ने धारणा राखेका छन् ।

संघ भित्र आर्थिक पारदर्शिता नभएकि गुनासो

म्हेन्दोमाया कलाकार संघका कोषाध्यक्ष रुपा एस घले तामाङले आर्थिक प्रतिवेदन पेस गर्दैगर्दा संघका केन्द्रीय सदस्य एम।बि गुरुङले संस्था भित्रको आर्थिक पारदर्शिता माथि प्रश्न उठाएका छन् ।

उनले संस्था भित्रको आर्थिक पारदर्शिता माथि प्रश्न गर्न खोज्दा संघका केही प्रतिनिधिहरुले यस्ता कुरा बैठकमा गर्नुपर्ने भनेर अनुरोध गर्द उनले ठाडै अस्वीकार संघभित्र केही जिम्मेवार मानिसहरुले आर्थिक पारदर्शिता नदेखाएको आरोप लगाएका छन् ।

कोषाध्यक्ष घलेले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा भनिएको अक्षयकोष सहित संघमा मौज्दात रकम ४,३५,०८३ रुपैयाँ कागजमा भएको तर बैंकमा नभएको कुरा आरोप लगाएको थियो ।

उक्त आरोपलाई स्वीकार गर्दै कोषाध्यक्ष घले उक्त रकम संघका सदस्यहरुले चलाएको र चार पटक सम्म पत्राचार गरेर रकम बुझाउन निर्देशन दिदा समेत अटेर गरेकाले अब कानुनीबाटो रोजेर भएपछि उक्त रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै उनले केही कलाकारहरुले संघको बारेमा नकारात्मक टिप्पणीहरु गरिदिँदा नयाँ सदस्य वितरण र सदस्य नविकरणमा समस्य भएको र जसले गर्दा संघमा आर्थिक पक्षमा जटिलता सिर्जना हुनसक्ने खतरा रहेको समेत बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »