सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा एकैदिन ८१७ जना कोरोना संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ६४९ जना र ललितपुरका १३२ जना र भक्तपुरका ३६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय १७ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ८० जनाको पिसीआर परिक्षणमा १३ सय ५१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ७४२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५४ हजार ६ सय ४० रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »