सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा एकैदिन थपिए ९०२ कोरोना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा ९०२ थपिएका मध्ये काठमाडौंका ६९७ जना र ललितपुरका ११२ जना र भक्तपुरका ९३ जना रहेका छन् ।

देशभर १५ सय ५९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय २ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार २ सय ५ जनाको पिसीआर परिक्षणमा १५ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

यो संगै देशभर कुल संक्रमितको सख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »