सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थपिए २ हजार ३८८ जना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २३८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र २००८ जना रहेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टायता नेपालमा भने ३७९० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३६०३६ जना पुगेको छ।

स्वास्थ्य न्त्रालयका अनुसार आज निको हुनेको संख्या २३३५ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९४५०१ जना पुगेको छ।

आजको पीसीआर १५७१४ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ४०७७८ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३८५१ जना र होम आइसोलेसनमा २६९२७ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४४७० जना रहेका छन्। 

भर्खरै

सम्बन्धित खबर

Language »