सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप १६ सय ८४ जनामा कोरोना संक्रमण

काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ।

काठमाडौंमा २७ हजार २९३, ललितपुरमा ३ हजार ६९० र भक्तपुरमा २ हजार ७८८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जना संक्रमित भएका छन्।

संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार १२६ छ।

भर्खरै

सम्बन्धित खबर

Language »