सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका १४२ जना, भक्तपुरका १५ जना र ललितपुरका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

बिहीबार मात्रै २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, देश भर थप ८ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

यो संगै नेपालमा संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »