सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज देशभर थपिएका ४८६ संक्रमितमध्ये ९८ जना काठमाडौं उपत्यकाभित्रका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंमा ८० जना, ललितपुरमा ९ र भक्तपुरमा ९ जना गरेर थप ९८ जना संक्रमित भेटिएका हुन् ।

यसअघि शुक्रवार काठमाडौंमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ कोरोना संक्रमित थपिएका थिए ।

यता नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेकोछ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »