सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा बुधबार १४ सय ३ संक्रमित थपिए

काठमाडौँ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा निरन्तर बढ्दो दरमा बुधबारको तथ्यांकले केही नियन्त्रणमा आएको अवस्था देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ३ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ९ सय ९१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३ सय ५ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय २ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४७ हजार ७ सय ३ सय पुगेको छ । काठमाडौंमा ३७ हजार १ सय ३ जना, ललितपुरमा ५ हजार ५ सय ५६ , भक्तपुरमा ३ हजार ७ सय ६९ जना संक्रमित थपिएका छन्

भर्खरै

सम्बन्धित खबर

Language »