सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा १९ सय ३५ संक्रमित थपिए, संक्रमितको कुल संख्या ५० हजार नजिक

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३५ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार ६ सय ९२ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ८ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ३४ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४९ हजार ६ सय ३८ सय पुगेको छ ।

काठमाडौंमा ३८ हजार ७ सय ९५ जना, ललितपुरमा ५ हजार ६ सय ६४ , भक्तपुरमा ३ हजार ९ सय ३ जना संक्रमित पुगेका छन।

भर्खरै

सम्बन्धित खबर

Language »