सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना पुष्टि

काठमाडौं। बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, काठमाडौंमा ४१, ललितपुर र भक्तपुरमा दुई/दुई जनामा संक्रमण पुष्टि भएको छ।

यो सहित बिहीबार देशभर २७४ जना संक्रमित थपिएका छन्। बिहीबार थपिएको सहित संक्रमित संख्या १९ हजार ५४७ पुगेको छ।

बितेको २४ घण्टामा २२७ जना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ।

बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »